शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त

 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । आज दिउँसो संविधानको धारा ७६ को उपधारा ५ अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालका अनुसार उहाँलाई प्रधानमन्त्री नियुक्त गरिसकिएको छ, सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको छ, शपथको तयारी हुँदैछ ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।
यो सँगै देउवा पाँचौंपटक प्रधानमन्त्री हुनुभएको छ। उहाँपहिलो पटक २०५२ सालमा प्रधानमन्त्री बन्नुभयो ।
त्यसपछि २०५८ साल र २०६१ सालमा प्रधानमन्त्री हुनुभयो ।
२०७४ सालमा चौथोपटक प्रधानमन्त्री बन्नुभएका देउवाको यो पाँचौँ सत्तारोहण हो ।