माधव नेपाल निवासमा प्रचण्ड र विप्लव

maitrinews

 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ कोटेश्वस्थित निवास जानुभएको छ ।

हिजो विप्लवले प्रचण्डलाई खुमलटार पुगेर भेट्नु भएको थियो । प्रचण्डका निजी सचिवालयका अनुसार नेपाललाई भेट्न प्रचण्ड र विप्लव सँगसँगै पुग्नुभएको हो। साथमा नेता धर्मेन्द्र वास्तोला पनि हुनुहुन्छ ।

प्रचण्डसँगको भेटमा विप्लवले पूर्वमाओवादी घटकहरूबीच एकताको प्रस्ताव गर्नुभएको थियो । प्रचण्ड सम्पूर्ण कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्ने पक्षमा हुनुहुन्छ ।