निर्धारित मितिमै होला त काँग्रेस महाधिवेशन ?

काठमाडौँ। नेपाली काँग्रेसको पदाधिकारी बैठकले निर्धारित मितिमा नै महाधिवेशन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको काँग्रेस पदाधिकारी बैठकमा महाधिवेशन केन्द्रित विषयमा मात्रै छलफल भएको नेताहरूले जानकारी दिए।

बैठकमा काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिबाट भएका कामको प्रगति, समायोजन समितिबाट भएका काम र निर्वाचन सम्बन्धी निर्देशिकाका विषयमा छलफल भएको काँग्रेस सह महामन्त्री डा। प्रकाश सरण महतले जानकारी दिए।

बैठकमा सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले ७५ जिल्लाका क्रियाशील सदस्यता सम्बन्धी काम सकिएको ब्रिफिङ पार्टी नेतृत्वलाई गरेका छन्। सप्तरी र बारामा भने विवाद बढी देखिएको छ।

लेखकले आइतबारसम्म पार्टी सभापति शेरबहादुर देउवालाई क्रियाशील सदस्यता सम्बन्धी सूची बुझाइने जानकारी दिए। उनका अनुसार विदेशस्थित जनसम्पर्क समितिबाट समेत गरी काँग्रेसमा ९ लाख क्रियाशील सदस्य पुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *