प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गर्नुभएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा देउवाले विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेको दोस्रो पटकपछि पहिलो बैठक अपरान्ह ४ बजे बस्दैछ ।

दुई चरणमा बस्ने बैठकमा पहिले प्रधानमन्त्री देउवाले संसदलाई जानकारी दिने र दोस्रो चरणमा विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ ।