अमेरिकाबााट आयो स्वास्थ्य सामग्री

 

बुटवल । रुपन्देहीको एक गैर सरकारी संस्थाले कोभिड(१९ संक्रमण नियन्त्रण र उपचारमा प्रयोग हुने साढे १० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री अमेरिकाबाट नेपाल ल्याएको छ ।

भैरहवाको प्रतिमान(निमा स्मृति प्रतिष्ठानले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुसँगको सहकार्यमा दोस्रोपटक ठूलो मात्रामा कोभिड(१९ विरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्रीहरु नेपाल ल्याएको हो ।

त्रिभुवन विमानस्थलमा आइपुगेका स्वास्थ्य सामग्रीहरुमा २० हजार थान पीपीई गाउन, १९ हजार ४ सय ४० थान फेस शिल्ड, ७० हजार थान मेडिकल मास्क, १५ हजार थान एन ९५ मास्क, १६० थान डिजल थर्मामिटर, १५ हजार सात सय ५० थान प्रोटेक्ट फेस शिल्ड रहेका प्रतिष्ठानले जनाएको छ ।
यस्तै २३ सय ४ थान पीपीई कभर ९मिडियम०, २३ सय ४ थान पीपीई कभर ९ठूलो०, ३० थान इमरजेन्सी रिलिफ बेड, १४ लाख थान डिस्पोजेबल ग्लोभ्स र १ लाख २८ हजार थान केएन ९५ प्रोटेक्टिभ मास्क रहेको छ ।