एमाले अध्यक्ष ओली र विप्लवबीच भेटवार्ता

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटघाट भएको छ ।
ओली निवास बालकोटमा भएको भेटमा सरकारसँगको तीनबुँदे सहमति कार्यन्वयन र पछिल्लो विकसित राजनीतिक जटिल घटनाक्रमको बारेमा छलफल भएको बताइएको छ । भेटमा नेकपाका महासचिव चन्द, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला लगायतका नेता सहभागी थिए ।

ओली नेतृत्वको अघिल्लो सरकारसँग सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा आएको चन्द नेतृत्वको नेकपासँग त्यतिबेला भएका सहमति कार्यान्वयनका लागि विप्लवले राजनीतिक भेटवार्ता तीव्र पारेका छन् । एक साताको बीचमा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष डा। बाबुराम भट्टराईलगायतका नेताहरुसँग भेटिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *