प्रचण्डको दौडधुप

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहानैदेखि राजनीतिक भेटघाटमा सक्रिय हुनुभएको छ । विशेषगरी उहाँले सत्ता गठबन्धनमा आवद्ध नेताहरूसँग छलफल गर्नुभएको छ ।
मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार निवास कोटेश्वर जानुभयो । त्यहाँ उहाँहरुबीच करिब पौने घण्टा छलफल भएको थियो ।

प्रचण्ड र माधव नेपालबीचको छलफल चलिरहदा जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव पनि पुग्नुभयो । त्यहाँ उहाँहरूबीच सरकार सञ्चालन र केपी ओली नेतृत्वको सरकारले गरेका नियुक्तिहरू खारेज गर्ने विषयमा छलफल भएको थियो ।

माधव नेपाल र उपेन्द्र यादवसँगको छलफलपछि प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जानुभयो ।

देउवा र प्रचण्डबीच पनि मन्त्रिपरिषद् विस्तार, ओली सरकारले गरेका नियुक्ति खारेजी र न्यूनतम साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।