टोकियो ओलिम्पिक्समा पहिलो स्वर्ण चीनलाई

maitrinews

 

टोकियो । ओलिम्पिक्सको पहिलो स्वर्ण पदक चिनियाँ एअर राइफल शुटर याङ चीयानले जितेकी छन्।

उनले १० मिटर एअर राइफल शुटिङ प्रतिस्पर्धामा स्वर्ण पदक पाएकी हुन्।

उद्घाटन समारोहकै दिन फेन्सिङ, जुडो र भारोत्तोलन सहित १० अरू खेल प्रतिस्पर्धा भएका थिए।

आयोजकहरूले यो खेल प्रतिस्पर्धाले जापानी सर्वसाधारणमा उत्साह जगाउने र महामारीका बेला आयोजना खेल प्रतिस्पर्धा आयोजना गर्न लागिएका कारण उत्पन्न तनाव हटाउने आशा राखेका छन्।