थप ३,८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षणमा बुधबार थप २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ९२२ परीक्षणबाट १ हजार २०६ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ८०८ परीक्षणमा ३ हजार ८४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । यस्तै थप ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।