नेता खनालको मृगौला प्रत्यारोपण

maitrinews

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मृगौला प्रत्यारोपण सम्पन्न भएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा बुधबार विहान मृगौला प्रत्यारोपण गरिएको उहाँको स्वकीय सचिव कृष्ण भट्टराईले बताउनुभयो ।

यसअघिसम्म नेता खनालको उपचार डा। अखिल मिश्रको नेतृत्वमा भइरहेको थियो । सचिवालयले दिएको जानकारीअनुसार डा। कन्दिप गुलेरियाको नेतृत्वमा खटिएको चिकित्सकको समूहले नेता खनालको मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको स्वकीय सचिव भट्टराईले जानकारी दिनुभयो ।

नेता खनाल केही समय अस्पतालमै अराम गर्नुभई नेपाल फर्किने तयारी गर्नुभएको भट्टराईले बताउनुभयो ।