तालिबानद्वारा थप तीनवटा क्षेत्रीय राजधानी कब्जा

 

काबुल । तालिबानले देशव्यापी रूपमा आफ्नो नियन्त्रण बढाउने क्रममा अफगानिस्तानका थप तीनवटा क्षेत्रीय राजधानीहरूमा कब्जा जमाएको छ।

अफगानिस्तानमा जारी हिंसालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढिरहेका बेला तालिबानले लडाइँ कायम राखेको हो।

उसले युद्धविरामको आह्वानलाई अस्वीकार गरेको छ।

तालिबानले आइतवार देशको उत्तरतर्फको प्रमुख सहर कुन्दुजलाई आफ्नो नियन्त्रणमा लिएको थियो।

उसले सार(ए(पोल र तालोकान सहरमा पनि कब्जा गरेको छ।

तालिबानले गत शुक्रवारयता पाँचवटा क्षेत्रीय राजधानीहरूमा आफ्नो नियन्त्रण कायम गरिसकेको छ।

त्यसमध्ये तालिबानका लागि कुन्दुज यो वर्षको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हो।

उक्त सहर राजधानी काबुलसहित देशका अन्य भागहरूमा जोडिएको छ।

२० वर्ष लामो सैन्य अभियानपश्चात् अन्तर्राष्ट्रिय फौजले अफगानिस्तान छाड्न थालेपछि त्यहाँ हिंसा व्यापक रूपमा बढेको हो।

तालिबानले पछिल्ला साताहरूमा त्यहाँ तीव्र गतिमा आफ्नो नियन्त्रण विस्तार गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *