नयाँ सरकार गठनका लागि आव्हान
रूपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आव्हान गर्नुभएको छ ।
आज एक सूचना जारी गर्दै प्रदेश प्रमुख सेरचनले २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आव्हान गर्नुभएको हो ।
प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभा सदस्यलाई दावी पेस गर्न भोलि अपरान्ह ३ बजेसम्मको म्याद दिनुभएको छ । आजै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको हो ।