अफगान सरकारको सबैभन्दा बलियो गढ पनि तालिबानको कब्जामा, काबुल जोगाउन अब मुस्किल

 

काबुल । अफगानिस्तान सरकार र सेनाको सबैभन्दा बलियो गढ मानिने मजार–ए–सरिफ सहर पनि विद्रोही तालिबानले कब्जा गरेको छ। यो आक्रमण अफगान सरकारका लागि सबैभन्दा ठूलो झट्का हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मजार–ए–सरिफ बाल्ख प्रान्तको राजधानी र सरकार समर्थक सेनाको अन्तिम गढ थियो।
बम

यसअघि भनिएको थियो– मजार–ए–सरिफ तालिबानले नियन्त्रणमा लियो भने राजधानी काबुल सुरक्षित राख्न गाह्रो हुनेछ।
तालिबानले अफगानिस्तानका अधिकांश स्थान नियन्त्रणमा लिइसकेको छ भने तालिबानी लडाकु राजधानी काबुलको नजिकै पुगिसकेका छन्।
तालिबानले कब्जा गरेका क्षेत्रहरूमा महिलालाई बुर्का लगाउन बाध्य बनाइएको छ। उग्रवादीहरूले सामाजिक नियम तोडेको भन्दै स्थानीयलाई कुटपिट गरेको बताइएको छ।
पश्चिमी देशहरू आफ्ना नागरिकलाई काबुलबाट बाहिर निकाल्ने प्रयासमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *