माधव नेपालले खोले नयाँ पार्टी ‘एमाले समाजवादी’

 

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले नयाँ पार्टीको नाम एमाले समाजवादी राख्ने भएको छ।
उक्त समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको नाम र चुनाव चिह्नको टुंगो लगाएको हो।

नेपालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता हुने उक्त पार्टीको चुनाव चिह्न खुल्ला किताब रहने एक केन्द्रीय सदस्यले जानकारी दिए।

पार्टीको नाम र चुनाव चिह्नबारे विभिन्न विकल्पमा छलफल भएता पनि अन्तिममा एमाले समाजवादी राख्ने र खुला किताब चुनाव चिह्न राख्ने सहमति जुटेको हो।

नेपाल पक्षले कम्तिमा ६० सदस्यीय कार्यसमिति बनाउने तयारी गरेको छ। पार्टीको नाम, विधान, प्रस्तावना यसअघि नै टुंगो लगाइसकिएको छ।

नेपाल समूहको पार्टी दर्ता भएपछि सरकारमा जाने तयारीमा छ। २०५४ सालमा विभाजित भएको एमाले ०५६ मा एक भएको थियो। यसपाली एमाले फुटाउँदा नेपाललाई आफ्नै समूहका दोस्रो पुस्ताका नेता कार्यकर्ताले साथ नदिने देखिएको छ।