अफगानिस्तानमा तालिबानको सरकार बनाउन काबुल पुगे बरादर

 

काबुल । अफगानिस्तानमा नयाँ सरकार गठन गर्न तालिबानका सहसंस्थापक मुल्ला अब्दुल गनी बरादर त्यहाँको राजधानी काबुल पुगेका छन्।

बीबीसीका अनुसार काबुलमा उनले तालिबानका सदस्य एवं नेतासँग संवाद गर्नेछन्।

तालिबानका एक वरिष्ठ अधिकारीले समाचार एजेन्सी एएफपीसँग समावेशी सरकार गठनका लागि बरादरले काबुलमा जिहादी नेता र अन्य व्यक्तिसँग भेटवार्ता गर्ने बताएका छन्।

बरादर सन् २०१० मा पाकिस्तानमा पक्राउ परेका थिए। त्यसपछि सन् २०१८ मा उनलाई कतार पठाइएको थियो।

दोहामा अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षरका लागि बरादरलाई तालिबानको राजनीतिक कार्यालय प्रमुखमा नियुक्त गरिएको थियो।

बरादर कतारबाट मंगलबार अफगानिस्तानको दोस्रो ठूलो सहर पुगेका थिए, जसलाई तालिबानको जन्मभूमि पनि मानिन्छ।

तालिबानले काबुल कब्जा गरेको केही घण्टापछि आफूले गर्ने शासन फरक हुने घोषणा गरेको थियो।

केही दिनअघि तालिबानले राजधानी काबुल कब्जा गर्नासाथ त्यहाँका राष्ट्रपति असरफ गनी राष्ट्रपतिको कार्यालय छाडेर भागेका थिए। अहिले उनी यूएईमा सपरिवार शरण लिएर बसेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *