गैरसैनिक विमानहरूलाई पनि उद्धारमा संलग्न हुन अमेरिकाद्वारा निर्देशन
काबुल । तालिबानले सत्तामा नियन्त्रण कायम गरेपछि हजारौँ अफगानले देश छाडिरहेका छन्
संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका मानिसहरूको उद्धारका लागि गैरसैनिक वायुसेवाका विमानहरूको पनि प्रयोग गरिने जनाएको छ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ वटा विमानले अफगानिस्तान बाहिरका सुरक्षित स्थानबाट मानिसहरूलाई तेस्रो देशमा पुर्याउने जनाएको छ।
अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि हजारौँ अफगानहरू देशबाट भागेर सुरक्षित ठाउँमा जान काबुल विमानस्थलमा जम्मा भएका छन्।
आइतबार राष्ट्रपति बाइडनले अमेरिकाले अघिल्लो हप्ता झन्डै २८ हजार जनाको उद्धार गरेको बताए।
ूयति धेरै मानिसहरूलाई तपाईँहरूले देख्दै आएको पीडा र मुटु चिर्ने तस्बिर बिना उद्धार गर्न सम्भव छैन,ू ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बाइडनले भने, ूहामीले अझै धेरै काम पूरा गर्नुछ र कैयौँ कुरा अझै बिग्रनसक्छ।ू
काबुल विमानस्थल बाहिर हजारौँ लामबद्ध भइरहँदा कम्तीमा २० जना मारिएको एकजना नेटो अधिकारीले रोएटर्स समाचार संस्थालाई बताएका छन्।
