अमेरिकामा बाढीका कारण १० जनाको मृत्यु

 

अमेरिका । अमेरिकाको टेनेसी राज्यमा भारी बर्षापछि आएको बाढीमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये दुई बालबालिकालाई पनि रहेका छन् ।

दक्षिण पुर्वी राज्य टेनेसीका अधिकाँश घरहरु बाढीको चपेटामा परेका छन् भने सयौ बिस्थापित भएका छन् । बाढीले बिजुलीका पोलहरुमा क्षति पुर्याउनुका साथै यातायात समेत अवरुद्ध हुँदा उद्धारमा कठिनाई भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

बाढीबाट सवारी साधनहरुमा क्षति पुगेको छ । प्रतिघण्टा ४ सय ३० मिलिमिटरको दरले भएको बर्षापछी आएको बाढी घर घरमा पसेकाले त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ ।

बाढीका कारण सञ्चार सम्पर्क टुटेकाले कति मानिस बेपत्ता भए भन्नेबारे यकिन बिवरण नआउन नसकेको अधिकारीहरुले जनाएका छन् । भारी बर्षा अझै केही दिन रहने मौसमबिदहरुले जनाएका छन् ।