माधव नेपालले पुर्‍याउन सकेनन् २० प्रतिशत सांसद

 

काठमाडौँ । नेकपा एमाले विभाजन गरेर नयाँ दल दर्ता गर्न लागेका नेता माधवकुमार नेपालले २० प्रतिशत सांसद पुर्‍याउन असफल भएका छन्।

प्रस्तावित नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि २९ जना सांसदको मात्रै हस्ताक्षर निर्वाचन आयोगमा पुगेको छ। नेपाललाई एमाले फुटाउन संसदीय दलतर्फ ३१ जना सांसदको खाँचो थियो।

तर नेपालले केन्द्रीय कमिटीतर्फ भने आवश्यक ४१ जना केन्द्रीय सदस्य आवश्यक परेकोमा ५५ जनाको हस्ताक्षर स्वीकृत भइसकेको छ। उनीहरुले आज आयोगमा सशरीर उपस्थित भएर सनाखत गर्नेछन्।

दल विभाजनसम्बन्धी अध्यादेशमा पार्टीको संसदीय दल वा केन्द्रीय कमिटी मध्ये कुनै एकमा २० प्रतिशत पुर्‍याउनुपर्ने प्रावधान छ।

उक्त प्रावधानअनुसार संसदीय दलमा २० प्रतिशत नपुगे पनि केन्द्रीय कमिटीमा भने पुग्ने भएकोले नेपालले नयाँ पार्टी दर्ताको लागि दिएको निवेदन प्रमाणीकरण हुने र नयाँ दलको मान्यता पाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *