जीपी कोइराला फाउन्डेशन अमेरिकाका अध्यक्षद्वारा विशेष सम्बोधन

मेनह्याटन, न्युयोर्क । प्रसिद्ध फिल्म निर्माता कम्पनी साईन्स फिक्सन फेन्टासी ड्रागन इन्टर्टेन्टमेन्टद्वारा न्युयोर्क सहरको व्यापारिक केन्द्र म्यानहाटनमा एक विशेष प्रत्यक्ष सांगितिक कार्यक्रम सम्पन्न गरेको छ ।
“ड्रागन स्क्वायर्ड कटींग रूम लाईभ “नाम दिईएको सो कार्यक्रममा दुई पटक एमी एवार्ड विजेता लुसिया काईसर ब्रीटीस रेकर्डर एवं सुपरस्टार गायक आरोन पल, न्युयोर्कको चर्चित व्याण्ड अल स्टार, पुर्व ओलम्पियन एवं विश्वविजेता एमी,ग्य्रान्ड मास्टर टाईरन बुल्लकद्वारा स्थापित संस्था र जोस्लीन न्युगेन कार्यकारी निर्माता, सुप्रसिद्ध फिल्म स्टार, सेलिब्रेटीहरू, म्युजीक एवं फेसन सुपरस्टार लगायत चर्चित कलाकार एवं विशिष्ट र ख्यातीप्राप्त महानुभावहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा बोल्दै गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरका अध्यक्ष सोमनाथ घिमीरेले फाउन्डेशनको स्थापना सन २०११ मा पुर्व उपप्रधान मन्त्री एंव परराष्ट्र मन्त्री माननिय सुजाता कोईरालाले गर्नु भएको र वॅंहा नै केन्द्रीय अध्यक्ष समेत रहेको र गिरीजा प्रसाद कोईराला फाउन्डेशनको केन्द्रीय कार्यालय काठमाण्डौ, नेपालमा रहेको भन्दै गिरीजा वावुको परिचय एवं एस्ले अमेरीका लगायत विश्वव्यापी गरेका सामाजिक गतिविधिहरू र हालै नेपालमा कोभीड (१९ को असरवाट परेको स्वास्थ्य संकटमा अती आवश्यक स्वास्थ्य सामाग्रीहरू संकलन गरी पठाउन फाउन्डेशन एन। आर।एन।ए।यु।एस।ए। को ऐतिहासिक अभियान “मिसनस्हेल्प नेपाल” मा सहकार्य गर्दै आफ्नो टीम लागीपरेको र समाजका विशिष्ट व्यक्ति हरूलाई यस महान एवं पुण्य र मानवीय कार्यमा वहाँहरूको यथासंभव सहयोगका लागी हार्दिक अपिल गर्नुभयो।

सो कार्यक्रमको माष्टर्स अफ सेरेमोनीका रूपमा प्रसीद्द न्यूक्लियर वैज्ञानिक डा। लियोनेल यींग हुनुहुन्थ्यो भने फाउन्डेशन अमेरीका च्याप्टरका तर्फवाट उपाध्यक्ष सुवर्ण लामा र कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्रीको उपस्थिति रहेको कुरा यसै फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *