देउवालाई निधिको चुनौती

 

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले औपचारिक रुपमा १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका छन्। उनको उम्मेदवारी सभापति शेरबहादुर देउावलाई चुनौती

शुक्रबार नयाँ बानेश्वरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शैलीमा धार्मिक कार्यक्रमसहित सम्पर्क कार्यालय खोल्दै उनले उम्मेदवारी दिने घोषणा गरेका हुन्।

निधिले जसरी उम्मेदवारी घोषणा गरे, त्यसबाट उनले हिन्दु जनमतलाई आकर्षित गर्न र भारतको सत्तारुढ दल भाजपालाई रिझाउन खोजेको देखिन्छ।

उनले सम्पर्क कार्यालय उद्घाटनमा जानकी मन्दिरका महन्थ तपेश्वर महाराजदेखि पशुपतिनाथ मन्दिरका पुजारी प्रतिनिधि ९भण्डारी०सम्मलाई बोलाएका थिए।

निधिले आफूलाई भारतीय संस्थापन नजिक रहेको सन्देश दिन निकै मेहनत गरेका छन्। दुई दिनअघि उनले भारतको सत्तारुढ भारतीय जनता पार्टी ९भाजपा०का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग काठमाडौंमा भेट गरेका थिए।

त्यसअघि उनी दुई पटक भारत समेत पुगेका थिए। पहिलो भ्रमणलाई उनको निजी सचिवालयले पारिवारिक भनेको थियो भने दोस्रो पटक निधि कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था बुझ्न मुम्बई गएका थिए।