आकांक्षी धेरै, मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

 

काठमाडौ ।  प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादका अध्यक्ष माधवकुमार नेपालबीच आइतबार बिहान सरकारी निवास बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीचको भेटमा मन्त्रीपरिषद् विस्तार सम्बन्धमा छलफल भएको हो । तर आकांक्षी धेरै भएकाले मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ भएको हो ।

शीर्ष तीन नेताको बैठक सम्पन्न भएको नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभएको छ ।
यसअघि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको दल दर्ता लगायतको वैधानिक प्रक्रिया भए लगत्तै मन्त्रीपरिषद् विस्तारले पूर्णता पाउने सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले बताउदै आउनुभएको थियो ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले निर्वाचन आयोगबाट दलको आधिकारिकता प्राप्त गरिसकेको छ । यसैगरी, जसपाबाट विभाजित महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजावदी पार्टी लोसपाले पनि दलको आधिकारिकता प्राप्त गरिसकेको छ । यससँगै प्रधानमन्त्री देउवा सरकार मन्त्रीपरिषद् विस्तारलाई पूर्णता दिने जोडमा रहेको जनाइएको छ ।