प्रदीप नेपालले छाडे माधव नेपालको साथ

 

काठमाडौँ । नेकपा एमालेका पुराना नेता प्रदीप नेपालले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी छोडेका बताएका छन्।

जनताको बहुदलीय जनवाद अंगिकार नगरे नाम नलेख्न भन्दाभन्दै माधव नेपालले ‘धोका’ दिएको उनले बताएका छन्।

सोमबार फेसबुकमा स्टाटस लेख्दै नेपालले आफू केपी ओलीसँग नजाने पनि स्पष्ट पारेका छन्।

नेपालले भनेका छन्, ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ। तर, आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो। बिदा’

उनले आफू केही समयदेखि स्वतन्त्र रहेको भन्दै कुनै पनि समूहमा नरहेको बताउँदै आएका थिए।

माधव नेपालले नयाँ पार्टी गठन गर्दा प्रदीप नेपालको नाम राखेका थिए। समाजवादीमा नाम देखेपछि नेपालले आफू त्यहाँ नरहेको बताएका थिए।
निर्वाचन आयोगमा पार्टी दर्ता हुँदा उनी सनाखत गर्न निर्वाचन आयोग पुगेका थिए। सोमबार उनले नेपालसँग नरहेको भनी स्टाटस लेखेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *