स्वदेश फर्किए खनाल

 

काठमाडौं । पूर्वप्रधानमनत्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल सोमबार आज स्वदेश फर्किएका छन् ।

दिल्लीमा उपचाररत नेता खनाल उपचार सकेर नेपाल फर्किएका हुन् । उनको भारतमा रहेको अपोलो अस्पतालमो मिर्गौला प्रत्यारोपण गरिएको थियो। डा सन्दीप गुलेरिया नेतृत्वमा रहेको टिमले खनालको मिर्गौला प्रत्यारोपण गरेको हो।

कोरोना भाइरसको संक्रमण देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका नेता खनालको मिर्गौलामा समेत समस्या देखिएपछि गत असार २ गते नयाँ दिल्ली लगिएको थियो।

खनालको स्वागतका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरु विमानस्थल पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *