आइडा आँधीबाट अमेरिकामा ४० भन्दा धेरैको मृत्यु

 

अमेरिका । देशको पूर्वोत्तर भाग अचानकको बाढी र आँधीबेहरीको चपेटामा परी ४० जनाभन्दा धेरैको ज्यान गएका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तन सङ्कटसँग जुझ्नका निम्ति ूऐतिहासिक लगानीू आवश्यक पर्ने बताएका छन्।

उनले अहिले अमेरिकाले देशैभरि जलवायुसम्बन्धी सङ्कट भोगिरहेको र त्यसको सामना गर्नु भनेको ूजीवन वा मरणको सवाल भएकोू बताएका छन्।

न्यूयोर्क र न्यूजर्सी राज्यमा अस्वाभाविक वर्षा देखिएको छ।

केही बासिन्दाहरू बाढीको चपेटामा परेका कारहरू र भवनहरूका सबैभन्दा मुनिको तलामा फसेका छन्।

समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा भएपछि त्यस्तो विपद् देखा परेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *