स्याङ्जा समाज अमेरिकाव्दारा भव्य तिज कार्यक्रम

maitrinews

 

न्युयोर्क । यसपालिको हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज स्याङ्जा समाज अमेरिका ईकले भव्यरुपमा मनाएको छ ।
न्युयोर्कस्थित नेपाली भान्साघरको हलमा स्याङ्जा समाज अमेरिका ईकले नेपाली चेलीहरुलाई दर खुवाएर, नाचगान गरी भव्य रुपमा तिज मनाएको हो ।
कार्यक्रममा स्याङ्जा समाज अमेरिकाका अध्यक्ष विमला श्रेष्ठ ठकुरीले सहभागी महिलाहरुको स्वागत गर्दै जुनसुकै मुलुक जहाँ बसे पनि आफ्नो चाडपर्व, धर्म संस्कृति छोड्न नहुनेमा जोड दिनुभयो । उहाँले आफ्नो चाडपर्व,धर्म, संस्कृति छाडे पहिचान गुम्ने भन्दै यो संस्थाले यस्ता कार्यक्रम निरन्तर गर्दै आएको र गर्दै जाने भन्दै सबैलाई तिजको शुभकामना दिनुभयो ।
कार्यक्रममा समाजका संस्थापक निवर्तमान अध्यक्ष तथा एनआरएनएका सल्लाहकार समाजसेवी वीरेन्दजंग केसीले तिज पर्वले महिलाहरुको हौसला बढाएको छ भन्दै नाच्नका लागि पुरस्कारको व्यवस्था गरेकोमा विशेष धन्यवादसहित शुभकामना दिनुभयो ।
समाजले कार्यक्रममा राम्रो नाच्नेलाई पुरस्कार दिन पुरस्कार समिति गठन गरेको थियो । निर्णायक समितिमा कलाकार विमल डाँगी, वसन्ती  राई, मधुर गिरी तथा संगीता थापामगर रहनुभएको थियो ।
नाचमा सिर्जना खड्का गिरी प्रथम, जिना केसी दोस्रो, प्रमिला मल्ल तेस्रो र अम्बिका केसी चौथो भई नगर पुरस्कार प्राप्त गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ गायक गायिकाहरुले पनि गीत गाएर रमाइलो गर्नुभएको थियो । बरिष्ठ कलाकारहरु विमल डाँगी, सरिता डाँगी,वसन्ती राई राई, मधुर गिरी, निशा सुनार संगीता थापामगरलगायतको सहभागिता थियो ।