१८ वर्षमुनिका बालबालिकालाई लगाउने कोरोना खोप पनि चाँडै ल्याइँदै

 

काठमाडौँ । कोरोनाविरुद्ध १८ वर्षभन्दा माथिका नागरिकलाई मात्र खोप लगाइरहेको सरकारले १२ देखि १८ वर्षभित्रका बालबालिकाका लागि पनि चाँडै यस्तो खोप ल्याउने तयारी गरिरहेको छ।

स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार आगामी पुस मसान्तभित्र खोप ल्याइसक्ने योजना छ। १२ देखि १८ वर्षभित्रका बालबालिकाका लागि कोरोनाविरुद्ध खोप खरिदको प्रक्रिया अघि बढाइसकिएको मन्त्रालयका अधिकारीले जनाएका छन्।
बम

४० लाख मोडर्ना र थप फाइजरका खोप केही महिनाभित्रै आइपुग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

मन्त्रालयका अनुसार हालसम्म नेपालका १८ वर्षभन्दा माथिका ६० लाखभन्दा बढी नागरिकले कोरोनाविरुद्ध खोपको पहिलो मात्रा तथा ५५ लाखभन्दा बढी नागरिकले दुवै डोज लगाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *