आए पूर्वकप्तान अफ्रिदी

maitrinews

 

काठमाडौँ । पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिगु खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । शनिबार सुरु हुने एभरेस्ट प्रिमियर लिगको चौथो सिजन अन्तर्गत अफ्रिदी काठमाडौं किङ्स ११ बाट त्रिवि क्रिकेट मैदनमा खेल्नेछन् ।