त्रिशूलीमा कार खस्दा तीन बेपत्ता

 

चितवन । काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनको मुग्लिननजिकबाट बिहीबार राति त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्।
चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोला भन्ने ठाउँबाट ग२च ४९१८ नम्बरको कार त्रिशूली नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनामा कारचालकसहित तीन जना बेपत्ता भएका छन्। कार चालक पोखरा महानगरपालिका–१७ का प्रेमबहादुर भुजेल, सोही ठाउँका लेखबहादुर भुजेल तथा ईश्वरी भुजेल कारसँगै बेपत्ता भएका जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

घटना गएराति करिब १२ बजेतिर भएको अनुमान प्रहरीले गरेको छ। प्रहरीले भने बिहान २ बजेतिर मात्र घटनाको विषयमा जानकारी प्राप्त भएको जनाएको छ।
बम

सोही कारमा सबार पोखरा–१७ का ४६ वर्षीय रुद्रलाल सुवेदीलाई भने प्रहरीले घाइते अवस्थामा त्रिशूली किनारबाट उद्धार गरेको छ। उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बेपत्ताहरुको खोजीमा शुक्रबार बिहानैदेखि जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *