पर्यटन क्षेत्र प्राथमिकतामा

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्वर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दो पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताउनुभएको छ ।

४२ औँ विश्व पर्यटन दिवसका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री देउवाले पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रबर्द्धनका माध्यमबाट आय तथा रोजगारी सृजना गरी लाभको वितरण स्थानीय समुदायसम्म पुर्‍याउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भएको हो ।

सरकारले आर्थिक वृद्धि र विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै आएको पनि प्रधानमन्त्री देउवाको भनाइ छ।