पाकिस्तानको बलोचिस्तानमा भूकम्प जाँदा २० को मृत्यु

 

इस्लामावाद । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा बिहीवार बिहानै भूकम्प जाँदा कम्तीमा २० जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन्।

भूकम्पले भत्काएका घरहरूका भग्नावशेषहरूमा मानिसहरू पुरिएका अनुमानका माझ विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्छ।

मारिनेमा महिला तथा बालबालिकाहरू पनि रहेका रोएटर्स समाचार एजेन्सीले जनाएको छ।

अमेरिकाको यूएस जिओलोजिकल सर्भेकाअनुसार भूकम्प ५।९ म्याग्निट्यूडको थियो र यसको गहिराइ ९ किमि मात्र थियो। यतिको कम गहिराइमा जाने भूकम्पले सामान्यतया बढी क्षति पुर्याउने गर्छन्।

उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। स्थानीय अधिकारीहरूले बीबीसी उर्दूलाई जनाए अनुसार कम्तिमा १५० जना घाइते भएका थाहा भएको छ।

ति मध्ये केहीको गम्भीर अवस्थामा अस्पतालमा उपचार भैरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *