तलेजु भवानीको मन्दिर खुला

maitrinews

तलेजु भवानीको मन्दिर खुला

काठमाडौं । यस वर्ष महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर खुला गरिएको छ । तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष दशैंको नवमीको दिनमात्र खुल्छ ।

तर गत वर्ष कोरोना संक्रमणको जोखिम बढी भएकाले बन्दै गरिएको थियो । यस वर्ष धेरैले खोप लगाइसकेको र जोखिम पनि कम भएकाले खुला गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष महानवमीका दिन धेरै भक्तजन तलेजु भवानीको दर्शन गर्न हनुमानढोका दरबार क्षेत्रमा लाइन लाग्ने गर्छन् ।

तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमीको राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गरियो ।
विजयादशमीसम्म तलेजु भवानीलाई यहीं राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन बिहान समितिले दिएको साइतमा भवानीलाई मूल मन्दिर फर्काइन्छ ।