काँग्रेसले मंसिरमा महाधिवेशन गर्न नसक्ने

maitrinews

 

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति सर्ने निश्चित भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समिति र पदाधिकारीबीच संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा मंसिर भित्रै महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई निर्देशन दिनुभएको हो ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले कांग्रेस पदाधिकारी बैठकमा मंसिर नकटाइ कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन भएको जानकारी दिनुभयो । श्रेष्ठले अब निर्वाचन समितिको बैठक बसेर कार्यतालिकाबारे थप छलफल गर्ने बताउनुभयो।

‘मंसिर नकटाइ महाधिवेशनको कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन भएको छ, अब निर्वाचन समितिको बैठकमा कार्यतालिकाबारे थप छलफल हुन्छ,’श्रेष्ठले भन्नुभयो ।