टी २० विश्वकपमा न्यूजील्यान्डलाई हराएर अस्ट्रेलिया बन्यो विजेता

 

दुवई । दुबईमा भएको पुरुष टी(२० विश्वकप क्रिकेटको फाइनल खेल न्यूजील्यान्डलाई ८ विकेटले हराउँदै अस्ट्रेलियाले जितेको छ।

अस्ट्रेलियाले टी(२० विश्वकपको फाइनल खेल जितेको यो पहिलो पटक हो।

उक्त रोमाञ्चक प्रतिस्पर्धामा न्यूजील्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै अस्ट्रेलियालाई १७३ रनको लक्ष्य दिएको थियो।

अस्ट्रेलियाले उक्त लक्ष्यलाई दुई विकेट गुमाउँदै १९ ओभरमा पूरा गर्‍यो। अस्ट्रेलियाको सुरुवात राम्रो थिएन।