बाइडन र सी वार्ता : ताइवानको विषयमा नखेल्न चीनको चेतावनी

 

चीन । चिनियाँ राष्ट्रपति सी जिन्पिङले आफ्ना अमेरिकी समकक्षी जो बाइडनलाई ताइवानको पक्षपोषण गर्नु उनको देशका लागि प्रत्युपादक हुन सक्ने चेतावनी दिएका छन्।

दुई नेताबीच भर्चूअल माध्यमबाट भएको वार्ताका क्रममा सीले बाइडनलाई ताइवानले खोजे जस्तो स्वतन्त्रतालाई प्रोत्साहन गर्नु ूआगोसँग खेले जस्तैू हुने बताएका हुन्।

यसै वर्षको जनबरीमा बाइडनले पदभार ग्रहण गरेयता दुई नेताबीच भएको यो सबैभन्दा महत्त्वपूर्ण वार्ता हो।

दुवैले एकअर्काबीच राम्रो व्यक्तिगत सम्बन्ध राख्नुपर्नेमा जोड दिएका थिए र उनीहरूको वार्ता पनि दुई देशबीच तनाव कम गर्ने कुरामा केन्द्रित थियो।

तर उनीहरू सबैभन्दा संवेदनशील ताइवानको विषयमा कुरा नगरीकन उम्किन भने सकेनन्।