प्रतिनिधिसभाको आजको बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने

काठमाडौँ, ९ भदौ । सङ्घीय संसद् प्रतिनिधिसभाको आज दिउँसो १:०० बजेका लागि तय भएको बैठक स्थगित भएको छ । उक्त बैठक अब भोलि बुधबार दिउँसो १:०० बजे बस्ने गरी समय निर्धारण गरिएको छ ।

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले आज एक सूचना जारी गर्दै बैठक सरेको जानकारी दिनुभएको हो । प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम आजको बैठक बस्न नसकेकाले भोलि बुधबार दिउँसो १:०० बजे बस्ने गरी तय गरिएको सूचनामा उल्लेख छ ।

आजको बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर र नयाँ विधेयकहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको थियो । तर, विशेष कारणवश आज बैठक बस्न नसकेपछि संसद् सचिवालयले भोलिका लागि नयाँ समय तोकेको हो ।