सबैभन्दा शक्तिशाली टेलिस्कोप निर्माण

maitrinews

अमेरिका । जेम्स वेब स्पेस टेलिस्कोप अहिलेसम्म निर्माण गरिएकामध्ये सबैभन्दा शक्तिशाली टेलिस्कोप हो।
अमेरिकी अन्तरिक्ष निकाय नासाले उक्त टेलिस्कोपलाई यसलाई छिट्टै अन्तरिक्षमा पठाउने योजना बनाएको छ। रकेटमार्फत लाखौँ माइल टाढा अन्तरिक्षमा पुगेपछि यो टेलिस्कोप आफै खुल्ने र काम गर्न थाल्ने छ ।

यो टेलिस्कोपको निर्माण गर्न १० अर्ब डलर खर्च भएको छ।
यो टेलिस्कोप यसअघि अन्तरिक्षमा पठाइएको हबल टेलिस्कोपभन्दा सय गुणा शक्तिशाली छ ।

यसको प्रयोगबाट ब्रह्माण्डबारे धेरै नयाँ तथ्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरूको छ।