जर्मनीको चान्सलर बन्दै ओलाफ सोल्स
बर्लिन । जर्मनीको सोसल डेमोक्रेटिक पार्टीले ग्रिन्स र फ्रि डेमोक्रेट पार्टीसँग गठबन्धन सरकार गठनका लागि सहमति गरेको छ ।
मंगलबार गठबन्धन सरकारका लागि तीन दलबीच भएको सहमतिसँगै सोसल डेमोक्रेटिक पार्टीका नेता ओलाफ सोल्स जर्मनीको नयाँ चान्सलर बन्ने छन् । सहमतिअनुसार सोल्सको पार्टीले रक्षा, गृह र स्वास्थ्यसहितका मन्त्रालय पाउने भएको छ ।
त्यस्तै, चुनावमा चान्सलरको उम्मेदवार बनेकी ग्रिन्स पार्टीकी आनालेना बायरबोक जर्मनीको नयाँ विदेशमन्त्री बन्ने छिन् भने फ्रि डेमोक्रेटिक पार्टीका क्रिश्चियन लिन्डनरले अर्थमन्त्रीको कार्यभार सम्हाल्ने छन् ।
सन् १९५० को दशकपछि पहिलो पटक ३ दलीय गठबन्धन बनेसँगै चान्सलर पद छोड्न लागेकी एंगेला मर्केलको पार्टी क्रिश्चियन डमोक्रेटिक युनियन र उनको सत्ता साझेदार दल क्रिश्चियन सोसल युनियन प्रतिपक्षको भूमिकामा रहने छन् ।
को हुन् सोल्स ?
सन् १९५८ मा लोअर स्याक्सोनीमा सोल्सको जन्म भएको थियो । १७ वर्षको उमेरदेखि नै सोसल डेमोक्रेटिक पार्टीमा लागेका उनी दोस्रो विश्वयुद्धपछि सो पार्टीबाट चान्सलर बन्ने चौथो व्यक्ति समेत हुन् ।
सेप्टेम्बरमा सम्पन्न संघीय निर्वाचनमा सोल्सको पार्टी झण्डै १९ वर्षपछि ठूलो दलको रुपमा उदाएको थियो । उक्त पार्टीले चुनावी अभियानमा समेत ६३ वर्षीय सोल्सलाई नै बढी केन्द्रमा राखेको थियो । सुरुदेखि नै मर्केलको उत्तराधिकारीको रुपमा अघि सारिएका सोल्सले २०१८ देखि अर्थमन्त्रीको जिम्मेवारी बहन गर्दै आएका थिए ।
सोल्ससँग सन् २००७ देखि २००९ सम्म श्रम तथा सामाजिक मामिला मन्त्रीको अनुभव समेत छ । ‘सेकुलर’ विचार राख्ने उन जर्मनीले नयाँ ऋण लिन नहुने र सार्वजनिक खर्च सीमित पार्नुपर्ने आर्थिक नीतिको पक्षमा देखिन्छन् । उनले चुनावी अभियानका क्रममा समेत जर्मनीसँग ऋण व्यवस्थापन गर्ने क्षमता रहेको बताएका थिए ।
‘यस९ऋण० बाट कोही पनि डराउनु पर्दैन किनभने २००८र२००८ को आर्थिक संकटपछि हामीले यसको व्यवस्थापन गरिसकेका छौं’, उनले भनेका थिए, ‘हामीले १० वर्षभित्रै यसलाई पुनस् व्यवस्थापन गर्ने छौं ।’
विदेश नीतिको कुरा गर्ने हो भने सोल्स ‘प्रो(युरोपियन’ देखिन्छन् । एउटै अडान राख्ने सशक्त एवं स्वतन्त्र युरोपको पक्षमा उभिँदै आएका उनले नेटो र अमेरिकासँगको सहकार्यलाई आधारभूत सिद्धान्तका रुपमा हेर्छन् ।
सोल्सलाई पार्टीको नरमपन्थी धारसँग नजिक भएको ठानिन्छ । उनले कोभिड(१९ महामारी सुरु भएदेखि नै जर्मनीले नयाँ स्वास्थ्य संकटसँग जुध्ने गरी कदम चालेका थिए । महामारीसँग जुध्न भन्दै उनले अप्रत्यासित रुपमा विभिन्न खाले आर्थिक प्याकेज ल्याएका थिए । गत वर्ष जुनमा १३० मिलियन युरो बराबरको ‘स्टिमुलस प्याकेज’का कारण इटली र फ्रान्सको तुलनामा जर्मनीको अर्थतन्त्र गतिशील बनाएको थियो ।
जुनमा सम्पन्न जी(७ राष्ट्रको सम्मेलनमा बहुराष्ट्रिय कम्पनीमाथि कम्तिमा १५ प्रतिशत कर लगाउनु पर्ने भन्दै सोल्सले पेश गरेको प्रस्ताव पारित भएको थियो । सोल्सले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई मनाउन सकेका कारण नै जी(७ राष्ट्रहरु न्यूनतम करसम्बन्धी उनको पक्षमा उभिएका थिए ।
सोल्सकी श्रीमती ब्रिट्टा अर्स्ट समेत सोसल डेमोक्रेटिक पार्टीकी नेता हुन् ।