हरनाज सन्धु बनिन् मिस युनिभर्स
भारतको पञ्जावकी हरनाज सन्धूले मिस यूनिभर्स २०२१ का उपाधि जितेकी छन्। सन् २००० मा भारतकी लारा दत्ताले उक्त उपाधि हात पारेकी थिइन्।
लारा दत्ता मिस यूनिभर्स बनेको वर्ष नै हरनाज सन्धूको जन्म भएको थियो।,
मिस यूनिभर्स २०२० बनेकी मेक्सिकोकी आन्द्रेया मेजाले हरनाज सन्धूलाई उपाधि हस्तान्तरण गरिन् ।
इजरायलमा मिस यूनिभर्सको ७०औँ संस्करण आयोजना गरिएको थियो। हरनाज सन्धू १७ वर्षको उमेरदेखि नै सुन्दरी प्रतियोगितामा सहभागी हुँदै आएकी छन् ।
पाराग्वे र दक्षिण अफ्रिकाका प्रतिस्पर्धीलाई पराजित गर्दै भारतको पञ्जाब निवासी हरनाज सिन्धू उत्कृष्ट ठहरिएकी हुन्।
मिस यूनिभर्स बनेपछि हरनाज सन्धूले ईश्वर, घरपरिवार र मिस इन्डिया सङ्गठनलाई धन्यवाद दिइन्।
प्रतियोगिताको टप थ्री चरणमा सबै प्रतियोगितालाई ुवर्तमान समयमा दबाव खेपिरहेका युवा महिलाहरूलाई के सल्लाह दिन चाहनुहुन्छरुु भनेर सोधिएको थियो।
उत्तर दिँदै हरनाज सन्धुले अहिलेका युवामा सबैभन्दा ठूलो दबाव स्वयंमा विश्वास गर्नु भएको भन्दै अरूसँग तुलना गर्न छोड्नुपर्ने तथा विश्वमा जे भइरहेको छ त्यसबारे कुरा गर्नु आवश्यक भएको बताएकी थिइन्। ुबाहिर निस्किनुहोस्, आफ्ना लागि बोल्नुहोस् किनभने तपाईँ नै आफ्नो जीवनको नेता हो। म आफूमा विश्वास गर्छु, त्यसैले आज म यहाँ उभिएकी छु ।
टप फाइभ राउन्डमा उनलाई जलवायु परिवर्तनसम्बन्धी प्रश्न सोधिएको थियो। धेरै मानिसलाई जलवायु परिवर्तन मिथ्या हो भन्ने लाग्छ। तपाईँ उनीहरूलाई सम्झाउन के गर्नुहुन्छ
उत्तर दिँदै उनले प्रकृतिमा आएको सङ्कट देख्दा आफ्नो मन दुख्ने गरेको भन्दै अनुत्तरदायी व्यवहारका कारण त्यसो भएको बताइन्। यो समय कुरा कम र काम बढी गर्ने भएको आफूलाई लागेको बताउँदै उनले प्रकृतिले मात्र हामीलाई जोगाउन सक्ने वा नष्ट गर्न सक्ने धारणा राखिन्। ुरोकथाम र सुरक्षा गर्नु पछुताउनु वा मर्मत गर्नुभन्दा राम्रो हो।ु
यसभन्दा अघि भारतबाट सन् १९९४ मा सुष्मिता सेन र २००० मा लारा दत्ता मिस यूनिभर्स बनेका थिए।