पदाधिकारीमा देउवालाई बहुमत
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतपरिणाम अनुसार पदाधिकारीतर्फ सभापति शेरबहादुर देउवालाई आरामदायी बहुमत पुगेको छ । कांग्रेसको संशोधित विधानअनुसार पदाधिकारीको संख्या १३ छ ।
जसमध्ये १४ औं महाधिवेशनको निर्वाचनबाट देउवा पक्षका मात्रै आठ जना निर्वाचित भएका छन् । उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का र विभिन्न समूहबाट सहमहामन्त्रीमा निर्वाचित ६ जना देउवा समूहबाट निर्वाचित बनेका हुन् ।
देउवा समूहबाट सहमहामन्त्रीमा निर्वाचित महालक्ष्मी उपाध्याय ‘डिना’, भिष्मराज आङ्देम्बे, फरमुल्लाह मन्सुर, किशोरसिंह राठौर, उमाकान्त चौधरी र महेन्द्र यादव निर्वाचित हुनुभएको हो ।
