तमू समुदायको भाषा, संस्कृति सम्बर्द्धनमा सहयोग

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तमू समुदायको भाषा, संस्कृति र सभ्यताको संरक्षण एवं सम्वर्द्धन गर्न नेपाल सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

तमू ल्होसार २०७८ का अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले यसपर्वले तमू÷गुरुङ समुदायहरू र विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयोे ।

उहाँले यस पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा गुरुङ समुदायले पुर्‍याउँदै आएको योगदानलाई सबैसमक्ष उजागर गर्न र यस समुदायको सभ्यता र संस्कृतिलाई अरू समुदायसमक्ष चिनाउन मद्दत पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो । तमू ९गुरुङ० समुदायले यस पटकको आफ्नो महान् चाड तमू ल्होसार ‘ल्वों ल्हो’ ९गाई वर्ग० वर्षको बिदाइ तथा ‘तो ल्हो’ ९बाघ वर्ग० वर्षको स्वागत गरी मनाइरहेका छन् ।

‘नेपाल विभिन्न जातजाति, सम्प्रदाय, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरू मिलेर बनेको साझा देश हो । सबै समुदायहरूबीच रहेको सह–अस्तित्व, पारस्परिक सहयोग र सहिष्णुता तथा साझा परम्परागत मौलिक संस्कृति र सभ्यता नेपालीको पहिचान र गौरव हो ।प्रधानमन्त्री देउवाले भने, ‘यिनै साझा र मौलिक सांस्कृतिक पक्षहरूले अनेकतामा एकताको भावना सिर्जना गर्दै हाम्रो राष्ट्रिय एकता र अखण्डतालाई सुदृढ तुल्याएका छन्।’

ल्होसार चाड विशेष गरी भोट बर्मेली समुदायका मानिसहरूले मनाउने महान् चाड हो । यो चाड नेपालमा मात्र नभएर विश्वका अन्य मुलुकहरूमा पनि मनाउने गरिन्छ । नेपालमा यो समुदायले मनाउने ल्होसारहरूमा तमू ल्होसार, ९तोला ल्होसार०, सोनाम ल्होसार र ग्याल्बो ल्होसार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *