ललिता निवास प्रकरणमा १२० विरुद्ध पक्राउ पुर्जी

 

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट १ सय २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सरकारी जग्गा हडप्न नक्कली मोही खडा गरी किर्ते कागजात तयार पार्ने कसुरमा संलग्न कर्मचारी, बिचौलिया, भूमाफिया र तत्कालीन भोगाधिकारीसहित १२० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

स्रोतका अनुसार २०४९ सालमा जग्गा हडप्ने कसुरमा संलग्नमध्ये ४० जना फरार सूचीमा छन् । यस्तै, ०६२ मा हिनामिनामा संलग्न भएको कसुरमा १५ जना, बालुवाटारस्थित प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीको निवास विस्तारका नाममा नक्कली मोहीलाई जग्गा सट्टाभर्ना दिएको कसुरमा ८० जना र २०६९ मा सरकारी जग्गा नक्कली टिकिन्छा गुठीमा कायम गर्ने र त्यसमा नक्कली मोही खडा गर्ने ८५ विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

पुर्जी जारी भएकाको विवरण गोप्य राखिएको छ । तर, उनीहरु सबै भूमाफिया र कर्मचारी मात्रै रहेको स्रोत बताउँछ । सीआईबीले पुर्जी जारी भएका सबैको खोजी भइरहेको बता एपनि अनुसन्धानको हदम्याद सकिन लागेकाले उनीहरुलाई फरार सूचीमै राखेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । सरकारी वकिलको कार्यालयले पनि पुस २७ भित्रै मुद्दा अदालतमा दर्ता गरिसक्नु पर्ने छ ।

सीआईबीले पक्राउ पुर्जी जारी भएकामध्ये भूमाफिया किटान गरिएका विचौलिया रामकुमार सुवेदी र उनकी पत्नी माधवी मात्रै पक्राउ गरेको छ । अर्का बिचौलिया शोभाकान्त ढकाल ललिता निवास प्रकरणमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर मुद्दाको थुनछेक बहसका क्रममा विशेष अदालतले पुर्पक्षमा थुनामा पठाउन आदेश दिएपछि हाल डिल्लीबजार कारागारमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *