न्युयोर्कका मेयर एरिक श्रद्धाञ्जलि सभामा
न्युयोर्क । न्युयोर्कका चर्चित व्यक्तित्व समाजसेवी तथा राजनीतिज्ञ नवराज केसीकी माता स्व. दिलकुमारी केसीको १३औँ पुण्यतिथिमा उपस्थित भई न्युयोर्क सहरका मेयर एरिक एडमलले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
न्युयोर्कको सत्यनारायणको मन्दिरमा आयोजित श्रद्धाञ्जलि सभामा मेयर एरिकले स्व.दिलकुमारी केसीको तस्विरमा पुष्प अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभयो ।
न्युयोर्कका व्यस्त मेयर एरिक यसरी नेपाली समुदायबीच उपस्थित हुनुलाई त्यहाँ निकै महत्वका साथ हेरिएको छ ।
श्रद्धाञ्जलि सभामा न्युयोर्कमा रहेका विभिन्न संघसंस्थाका पदाधिकारी तथा विभिन्न व्यक्तित्वहरुले स्वं केसीप्रति श्रद्धाञ्जलि अपर्ण गर्नुभएको थियो ।
कार्यक्रमको सुरुमा ज्योतिष पण्डित उद्धव शास्त्रीले स्व. केसीको आत्माको चीरशान्तिको कामना गर्दै भागवत गीता पाठ गर्नुभएको थियो ।
कार्यक्रमको अन्यमा स्व. केसीका सुपुत्र नारायण केसी र नवराज केसीले सहभागी सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

