टिपरले ठक्कर दिँदा दुईको मृत्यु

 

बर्दिया । बढैयाताल गाउँपालिका वडा नं। ३ सतपतियामा गएराती भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । राती करिब १० बजेतिर घरको आँगनमा आगो तापिरहेका बेला भे १ क १४२५ नम्बरको ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बढैयाताल गाउँपालिका वडा नं। ३ सतपतियाकै रामु थारु र सोमबहादुर वि।क।को मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ । पिच सडकमा गुडिरहेको ट्रिपर आगो तापिरहेकामाथि गुडेको थियो ।
ट्रिपरले कुल्चेर मृत्यु भएका आफन्त र स्थानीयबासीले क्षतिपूर्तिको माग गर्दै नेपालगञ्ज गुलरिया सडक खण्ड अन्तर्गत भोलागौडीमा सडक अवरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *