बेइजिङमा आजबाट विन्टर ओलम्पिक

बेइजिङ । चीनको राजधानी बेइजिङमा आजबाट २४औं संस्करणको विन्टर ओलम्पिक सुरु भएको छ। उद्‌घाटन समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङसहित विश्वका २१ मुलुकका नेताहरू सहभागी भएका छन्।
यो ओलम्पिक्समा विश्वभरका ९१ देशका खेलाडीले सहभागिता जनाउँदैछन्। चीनको बेइजिङ र हुबेईमा हुने ओलम्पिकमा नेपालको सहभागिता छैन। किनभने यस संस्करणको ओलम्पिकमा प्रतिस्पर्धा हुने विधाका लागि योग्य खेलाडी नेपालमा छैनन्।

स्की खेलाडी सफलराम श्रेष्ठले यसपटकको विन्टर ओलम्पिकमा सहभागिता जनाउने कोसिस गरे पनि सफल हुन सकेनन्। सफलरामको ओलम्पिक खेल्नका लागि न्यूनतम अंक पुग्न सकेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *