मतपत्रको चिन्हहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति ओलीको आपत्ति

 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रको चिन्हहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाउनुभएको छ ।

मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कमजोर आँखा हुनेले रुखै–रुख देखोस् भनेर हरियो रङको चिन्ह राख्न खोजे स्वीकार्य नहुने बताउनुभयो ।

‘मलाई थाहा छैन, मैले एउटा सञ्चारमाध्यममा हेरेको थिएँ । निर्वाचन आयोगले मतपत्रका चिन्हहरुमा हरियो राख्ने भयो रे, हरियो चिन्ह किन राख्ने रु के कारणले राख्ने निर्वाचन आयोगले बताउनुपर्‍यो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘म अत्यन्त व्यस्त भइरहेको छु । उहाँहरूसँग सोधौंला, बुझौंला । यदि हो भने, कुन हिसावले राख्ने रु यो धार्मिक हिसावले राख्ने हो रु के हिसावले हरियो चिन्ह राख्ने रु’

अध्यक्ष ओलीले निर्वाचन आयोगले मतपत्रका चिन्हहरूमा हरियो चिन्ह राख्नुको कारण खुलाउपर्ने बताउनुभयो । यदि सञ्चारमाध्यमले गलत लेखेको हो भने त्रुटी सच्याउन उहाँले आग्रह गर्नुभयो ।

‘कसैको हरियो देखिने चिन्ह छ कसैको त्यसकारण राख्ने रु केका लागि राख्ने रु सबैतिर जनताले आँखा नदेख्ने कमजोर आँखा हुनेले रुखैरुख देखोस् भनेर हरियो चिन्ह राख्ने हो रु किन हरियो राख्ने रु,’ उहाँले भन्नुभयो, ‘यदि हरियो राख्ने निर्णय गरेको होइन भने सञ्चारमाध्यमले आफ्नो त्रुटी सच्याउनुपर्‍यो । यदी निर्वाचन आयोगले नै त्यो गरेको हो भने निर्वाचन आयोगले नै त्यस्तो त्रुटी सच्याउनुपर्छ । हरियो सरियो हुँदैन ।’

अध्यक्ष ओलीले अहिले हरेक राज्यका अंगहरूमा नेकपा एमालेको विरुद्ध प्रयोग भइरहेको बताउनुभयो । उहाँले सभामुखको अहिलेको भूमिकाप्रति असन्तुष्टि जनाउँदै सभामुखले नियम, कानूनको पालना नगरेको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले अब जनादेशको लागि तयारी गर्ने भूमिकामा लाग्न अखिल नेपाल महिला संघसहित सम्पूर्ण महिलाहरुलाई अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *