चीनका विदेशमन्त्री नेपाल आउँदै

 

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने भएका छन् । छ सदस्यीय चिनियाँ उच्चस्तरीय टोलीको नेतृत्व गर्दै वाङ एक साताभित्र नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले बताएको छ ।

नेपालले हालैमात्र अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० सम्झौता प्रतिनिधि सभाको बैठकबाट पारित गरेसँगै त्यसको विरोधमा रहेको बेइजिङले विदेश मन्त्रीलाई नेपाल पठाउन लागेको हो ।

चीनले एमसीसी पारित गर्न नहुने भन्दै लबिङ गर्दै आएको थियो । एमसीसी गत फागुन ८ गते संसदमा पेश भएसँगै त्यसलाई रोक्नसमेत चीनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुलाई सम्पर्क गरेर एमसीसी पारित नगर्न दबाब दिएको थियो ।

चिनियाँ विदेश मन्त्रीले पटक पटक पत्रकार सम्मेलन गर्दै बेइजिङमै कसैले दबाबमा दिएको उपहार पनि लिन्छ रु भन्दै नेपाललाई भड्काइरहेका थिए । नेपालले एमसीसी पारित गर्ने विषयमा चीन र अमेरिकाबीच वाकयुद्ध नै चलिरहेको थियो ।

तर एमसीसी पारित गरेपछि चीनले ‘नोट गरेको’ मात्र प्रतिक्रिया दिएको थियो । एमसीसी पारित नै भएपछि अब भने चीनले नेपालले यसअघि सहमति जनाएको बीआरआई ९बेल्ट एन्ड रोड इनिसिएटिभ लाई अगाडि बढाउनका लागि नेपाल आउन लागेको बुझिएको छ ।

बीआरआईमार्फत नेपाललाई जोड्नका लागि चिनियाँ विदेश मन्त्रीको टोली नेपाल आउन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *