अभिनेत्री करिश्मा र पूर्वमन्त्री सिंह एमाले प्रवेश

 

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको हो ।

मानन्धरसँगै समाजवादी जनता पार्टी सजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमाले प्रवेश गर्नुभएको छ ।
सिंह नेतृत्वमा सिंगै दल र अभिनेत्री करिश्मा नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

सिंहको नेतृत्वमा रहेको समाजवादी जनता पार्टी एमालेमा समाहित भएको छ । सिंह पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदा खानेपानीमन्त्री हुनुहुन्थ्यो । सजपा अध्यक्ष सिंह यसअघि एमालेमै आबद्ध हुनुहुन्थ्यो ।

अभिनेत्री मानन्धर भने बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय रहेकी भए पनि पछिल्लो समय निष्क्रिय रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *