एमाले बैठक घोषणापत्रमा केन्द्रित
काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा आज स्थानीय निर्वाचनको घोषणापत्र केन्द्रित छलफल हुने भएको छ ।
घोषणा पत्रमा पार्टीले समावेश गर्ने एजेन्डाको विषयमा छलफल हुने कार्यसूची रहेको केन्द्रीय कमिटी सदस्य पेम्बा लामाले जनाकारी दिनुभयो । आजको बैठकमा निर्वाचन रणनीतिसँगै उम्मेदवार चयनको मापदण्डबारे पनि छलफल हुने उहाँले बताउनुभयो ।
यस्तै, आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि पनि केही समय छलफल हुने भएको छ ।
बुधवारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको थियो । प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ भने बुधवार नै सकिएको छ ।
एमालेले ९ वैशाखमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ ।
घोषणापत्र भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरले संयोजक रहेको नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले बनाउने छ । जसमा सदस्यहरू युवराज ज्ञवाली, संयोजक ९स्थानीय तह०, प्रदीप ज्ञवाली, प्रमुख ९पार्टी स्कुल विभाग०, विष्णु रिमाल, प्रमुख ९निर्वाचन विभाग०, देवेन्द्र दाहाल, प्रमुख ९ स्थानीय विकास विभाग०, प्रभु साह, सह इन्चार्ज ९मधेस प्रदेश०, मनोजजंग थापा, इन्चार्ज ९ बुद्धिजीवी परिषद्०, डा।युवराज खतिवडा, सदस्य९नीति अनुसन्धान प्रतिष्ठान०,प्रभा बराल, उपप्रमुख ९स्थानीय विकास विभाग०, डा।दिनेशचन्द्र देवकोटा, अध्यक्ष९नेपाल बुद्धिजीवी परिषद्०, ई।सुशील ज्ञवाली, ९विज्ञ० रहनुभएको छ ।
