सत्र जिल्लामा मतपत्र ढुवानी बाँकी

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन, २०७९
का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र
बाँकी रहेको छ । सिन्धुली, रामेछाप र दोलखामा
१९ गते बिहान ढुवानी हुनेछ भने अन्य जिल्लामा
यसैसातामा पठाइनेछ ।
वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि
९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८
गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि मतपत्र
पठाइएको छ । बाँकी रहेका जिल्लामा मधेस प्रदेशका
आठ जिल्ला, प्रदेश नं. १ को मोरब, बागमती प्रदेशको
रसुवा, चितवन, ललितपुर, काठमाडौँ र भक्तपुरमा
मतपत्र पठाउन बाँकी रहेको छ ।
कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं.
१ का मोरबबाहेक सबै जिल्ला र गण्डकीको पोखरा
महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका ५
जिल्लामा मतपत्र पुगिसकेको छ ।
मनाब र मुस्ताब जिल्लामा हेलिकोप्टरबाट मतपत्र
ढुवानी गरिएको छ । निर्वाचन आयोगले यही वैशाख
१३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो । यसअघि
छ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका
लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ
भइसकेकामा आज भक्तपुर जिल्लाका लागि मतपत्र
छपाइ सुरु भएको छ । महानगरहरू र भक्तपुरका
लागि छापिने मतपत्र उम्मेदवारी मनोनयनपत्र दर्ताको
अन्तिम नामावलीका आधारमा पूर्ववत् डिजाइनमा
निर्वाचन चिन्ह थपघट गरेर छपाइ हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *