मुसलमानले मनाए इद पर्व

maitrinews

 

काठमाडौं । आज देशभरका मुस्लिम समुदायले नजिकका मस्जिदमा विशेष नमाज पाठ गरेर इदउल फित्र पर्व मनाइरहेका छन् ।

अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना सौवालको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

मंगलबार राजधानी काठमाडौंका दुई मस्जिदलगायतका ठाउँमा विशेष नमाज वाचन गरिएको छ । घण्टाघरमा रहेको जामे मस्जिद, पञ्चकाश्मिरी तकियामा नमाज वाचन गरी शुभकामना साटासाट गर्दै मुस्लिम समुदायले इदउल फित्र पर्व मनाएका छन् । यसअघि कोरोना महामारीका कारण नमाज पाठ गर्न रोक लगाइएको थियो ।